हाथवे इन्भेष्टमेन्टको २ करोड कित्ता बढी कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुँदै
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका संस्थापक तथा कर्मचारीहरूका नाममा रहेको सेयरको ‘लक इन’ अवधि आगामी असोज २ गतेपछि समाप्त हुने भएको छ। सर्वसाधारणलाई २०८० असोज २ गते सेयर बाँडफाँड गरिएको मितिले तीन वर्ष पूरा हुने भएकाले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीको २ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको हो।

