सोमबार, असार २,२०८२ 11:09:58
  • सोमबार, असार २,२०८२ 11:09:58
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्टको आम्दानीसँगै नाफा पनि घट्यो, ईपीएस कति ?

Hyundai Nepal
हाथवे इन्भेष्टमेन्टको आम्दानीसँगै नाफा पनि घट्यो, ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । आम्दानी घट्दा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको मुनाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४७.६७ प्रतिशतले कम हो ,  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ७ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी समेत ५६.४२ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म १० करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनी खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १० करोड ४४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने ५ करोड ८३ लाख मात्रै कुल खर्च गरेको छ ।  कम्पनीले यो अवधिसम्म १२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ २८ करोड ६२ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ५१ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । अघिल्लो आवमा ३.८९ रुपैयाँ रहेको ईपीएस घटेर १.८५ मा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ७८.३३ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०१.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७४०.२त्६ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.