काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले आव २०८०/८१ का वितरणयोग्य मुनाफाबाट १०.५२६ प्रतिशत लाभांशको घोषणा गरेको हो ।
जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) रहेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।