काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी बढ्दा नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनील गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५०.५९ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म २५ करोड ९७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६६.०४ प्रतिशतले बढी हो । कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ११ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीले यो अवधिसम्म ८ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ २७ करोड २१ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ३४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७७.८६ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९८.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१०.४४ गुणा कायम भएको छ ।