मंगलवार, चैत्र १९,२०८१ 11:27:25
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:27:25
IME remit
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्टको आम्दानी र नाफा दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
हाथवे इन्भेष्टमेन्टको आम्दानी र नाफा दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी बढ्दा नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनील चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२१.१८ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ८८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२२.८८ प्रतिशतले बढी हो । कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ६७ लाख ५ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीले यो अवधिसम्म ११ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको रिटेन्ड अर्निङ ४१ करोड ७४ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ४० करोड ६८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८२.०२ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०७.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७२.६५ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.