सोमबार, असार २,२०८२ 01:50:57
  • सोमबार, असार २,२०८२ 01:50:57
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्ट ७.५० करोड नाफा आर्जन गर्न सफल,आम्दानीमा ८९% को वृद्धि

Hyundai Nepal
हाथवे इन्भेष्टमेन्ट ७.५० करोड नाफा आर्जन गर्न सफल,आम्दानीमा ८९% को वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा रहेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ४३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८९.२० प्रतिशतले बढी हो । कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ११ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर १० करोड ४४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म ८ करोड रुपैयाँ लगानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ २६ करोड ७१ लाख रुपैयाँबाट बढेर ३६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको फेयर भ्याल ु रिजर्भमा ३४ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७७.६२,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९३.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२२.०३ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.