काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २९०.५८ प्रतिशतले बढी हो ।
कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत २३ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२४.३२ प्रतिशतले बढी हो ।
कम्पनीको जम्मा खर्च भने ३८.९० प्रतिशतले बढेको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले १ करोड ३८ लाख रुपैयाँ जम्मा खर्च गरेको छ । कम्पनीको जगेडा तथा सञ्चित कोषमा ६० करोड ४ लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको जम्मा चालु सम्पत्ति ५४ करोड २३ लाख र ८ करोड ४३ लाख जम्मा चालु दायित्व रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४०.५१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १५८.०६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६६.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.२१ गुणा रहेको छ ।