सोमबार, असार २,२०८२ 11:14:17
  • सोमबार, असार २,२०८२ 11:14:17
Global IME Bank Limited

ङादी ग्रुप पावरको नाफा ३०.१२% ले घट्यो, विद्युत बिक्री आम्दानी ७.२७ करोड

Hyundai Nepal
ङादी ग्रुप पावरको नाफा ३०.१२% ले घट्यो, विद्युत बिक्री आम्दानी ७.२७ करोड
Nabil Bank Limited

काठमाण्डौ ।  ङादी ग्रुप पावर लिमिटेडको खुद नाफामा ३०.१२ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले ३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ७ करोड २७ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा १०.५१ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री/वितरण खर्च ७५ लाख ६५ हजार, रोयल्टी खर्च १४ लाख ५५ हजार,प्रशासनिक खर्च ५० लाख १४ हजार र वित्त खर्च १ करोड ७० लाख रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिसम्म २ लाख रुपैयाँबराबरको गैर सञ्चालन आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा १० करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५२ करोड ९५ लाख र कुल चालु दायित्व ६ करोड १४ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.५१ रुपैयाँ  ,प्रतिसेयर नेटवर्थ २१४.९९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६८.१३ रुपैयाँ मूल्य आम्दानी अनुपात १०४.७७ गुणा र तरलता अनुपात ८.६२ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.