बिहीबार, श्रावण १४,२०८३ 01:40:30
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:40:30
Bizshala
Global IME Bank Limited

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ६.३८ गुणा बढी आवेदन

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ६.३८ गुणा बढी आवेदन
New Office

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा अन्तिमदिनसम्म ६.३८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा ५१ हजार ४९८ जना आवेदकबाट कुल १४ करोड ३६ लाख २६ हजार रुपैयाँ बराबरको १४ लाख ३६ हजार २६० कित्ताका लागि आवेदन परेको हो ।  

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गरेको हो ।  

कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।  

यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.