बुधबार, भाद्र ३,२०८३ 04:54:36
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:54:36
Bizshala
Global IME Bank Limited

भिजन लुम्बिनी उर्जाको नाफा ६२.९३% ले घट्यो, विद्युत बिक्री आम्दानी ११.२६ करोड

भिजन लुम्बिनी उर्जाको नाफा ६२.९३% ले घट्यो, विद्युत बिक्री आम्दानी ११.२६ करोड
New Office

काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा ६२.९३ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ्

कम्पनीको सेती नदि हाईड्रोइलेक्ट्रिक परियोजना निर्माण कार्य सम्पन्न भईसकेको छ र कात्तिक २७ गतेबाट व्यवसायिक उत्पादन भईरहेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ११ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ ।  

Bizshala
CG Motors

यो अवधिमा कम्पनीको कुल आम्दानी भने १३ करोड २१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च १४ लाख २१ हजार, कर्मचारी खर्च २२ लाख ४१ हजार र ह्रासकट्टी खर्च ३ करोड ८३ लाख रुपैयाँ रहेको छ । १ अर्ब ९१ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले रिटेन्ड अर्निङमा ७२ करोड २० लाख रुपैयाँ सञ्चित गरेको छ ।  

यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.७६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६७.५५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४५.७० गुणा र तरलता अनुपात ०.८२ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.