काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा ६२.९३ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ्
कम्पनीको सेती नदि हाईड्रोइलेक्ट्रिक परियोजना निर्माण कार्य सम्पन्न भईसकेको छ र कात्तिक २७ गतेबाट व्यवसायिक उत्पादन भईरहेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ११ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ ।
यो अवधिमा कम्पनीको कुल आम्दानी भने १३ करोड २१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च १४ लाख २१ हजार, कर्मचारी खर्च २२ लाख ४१ हजार र ह्रासकट्टी खर्च ३ करोड ८३ लाख रुपैयाँ रहेको छ । १ अर्ब ९१ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले रिटेन्ड अर्निङमा ७२ करोड २० लाख रुपैयाँ सञ्चित गरेको छ ।
यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.७६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६७.५५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४५.७० गुणा र तरलता अनुपात ०.८२ प्रतिशत कायम भएको छ ।