IME remit
  • शुक्रबार, फाल्गुन २,२०८१ 03:12:56
IME remit
Global IME Bank Limited

फरवार्ड माइक्रोफाइनान्सद्वारा ८८.५२ लाख नाफा आर्जन, वितरणयोग्य मुनाफा कति ?

Hyundai Nepal
फरवार्ड माइक्रोफाइनान्सद्वारा ८८.५२ लाख नाफा आर्जन, वितरणयोग्य मुनाफा कति ?
Nabil Bank Limited

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । संस्थाले यो नाफा चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म भने संस्था २ करोड ५८ लाख रुपैयाँ घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी भने १८.२३ प्रतिशतले घटेको छ । संस्थाले ४६ करोड  ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । खुद शुल्क तथा कमिशन आम्दानी ७ करोड ८८ र खुद सञ्चालन आम्दानी २८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

Shivam Cement
Bizshala
CG Motors

संस्थाले रिटेन्ड अर्निङको आकार ६७.८५ प्रतिशतले घटेर १३ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाले रिजर्भको आकार भने १ अर्ब २३ करोड रुपैयाँबाट बढाएर १ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ ।  

दोस्रो त्रैमाससम्ममा ९ अर्ब ४१ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २० अर्ब १ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा ४२ करोड ३५ लाख रुपैयाँबाट घटेर १३ करोड ६१ लाख रुपैयाँमा खुम्चिएको छ । संस्थाको खराब कर्जा अनुपात ७.७१ प्रतिशतबाट घटेर ५.३५ प्रतिशतमा सििमत बनेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५१.९४ रुपैयाँ,प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ८२०.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८४३.६८ गुणा र तरलता अनुपात ४.७९ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.