काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको आम्दानी र नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ७७ करोड ३४ लाख रुपैयाँबराबर आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ७१ करोड ४२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
त्यस्तै कम्पनीको सञ्चालन खर्च ३६ करोड ३९ लाख र प्रशासनिक खर्च १२ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ८६ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर १ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ६६ करोड र कुल चालु दायित्व १ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १५६.४८, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२९.३१ पीई अनुपात ११०.५१ गुणा र तरलता अनुपात २.१५ प्रतिशत कायम भएको छ ।