काठमाण्डौ । सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६०% ले बढी भएको कम्पनीले जनाएको छ । अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन्। सामसङ र गुगलएपहरुबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वनयुआई ७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भन्छन्, ‘हामी हाम्रो नयाँ एस सिरिज – ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ को अपार लोकप्रियताका लागि अत्यन्त खुसी छौँ र हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यी स्मार्टफोनहरूले वास्तविक एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्ताहरूलाई सहज र सन्दर्भ अनुकूल मोबाइल अनुभव प्रदान गर्छन् । हामीलाई विश्वास छ किग्यालेक्सी एस२५ सिरिजले प्रयोगकर्ताहरूको दैनिक जीवनलाई अझ सहज बनाउने एआई समाधानहरू अपनाउन प्रेरित गर्नेछ ।’
ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्टहरू वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन् । जसले विभिन्न एपहरूबीच सहज रूपमा जटिल कार्यहरू गर्न मद्दत गर्छ । नाउब्रिफले दिनभरिको लागि आवश्यक हुने सुझावहरू प्रदान गर्छ भने नाउबारले फोनमा चलिरहेका सबै गतिविधिहरूको लागि एकै ठाउँमा पहुँच दिन्छ । लेखनलाई प्रभावकारी बनाउने राइतिंग असिस्टदेखि रचनात्मकतालाई नयाँ उचाइमा पु¥याउन ड्रइंग असिस्ट सम्म, ग्यालेक्सी एआईको विस्तारित क्षमताहरूले प्रयोगकर्ताहरूलाई हरेक दिन नयाँ अनुभव दिनेछ ।
यस सिरिजमा अन्तरक्रियाहरू झन् स्वाभाविक भएका छन् । एक मात्र आदेश दिएर जेमिनीले मन पर्ने सपोर्टस् टिमको स्केजुअल खोजेर सामसङ क्यालेन्डरमा थप्न सक्छ । साथै, गुगलको इनहान्स गरिएको सर्कल टु सर्चले अब एआई ओभरभीउहरु र एक–ट्यापएक्सनहरू मार्फत झन् उपयोगी जानकारी प्रदान गर्छ ।
ग्यालेक्सी एस२५ सिरिजमा प्रयोग भएको ग्यालेक्सीको लागि बनेको स्न्याप ड्रागन ८ एलिटले अन–डिभाइस प्रोसेसिङलाई उच्च बनाउँदै अधिक प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्छ । ग्यालेक्सीका लागि विशेष रूपमा कस्टमाइज गरिएको प्रोस्केलर र सामसङ डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) प्रविधिले एआई–आधारित इमेज प्रोसेसिंगमा सुधार गर्छ र ब्याट्री खपतलाई प्रभावकारी बनाउँछ । ग्यालेक्सी एस२५ अल्ट्राको नयाँ ५० एमपि अल्ट्रावाइड क्यामेराले हरेक कोणबाट अद्वितीय स्पष्टताका साथ फोटो खिच्ने क्षमता दिन्छ । भर्चुअल अप्यारेचार र सामसङ लग जस्ता प्रो–ग्रेड कन्ट्रोलहरूले फोटो तथा भिडियोहरूलाई सिनेम्याटिक बनाउँछ ।
साथै, यो सिरिज कन्टेन्ट क्रेदेन्सियलस् समर्थन गर्ने पहिलो स्मार्टफोन सिरिज हो । सामसङले ग्यालेक्सी एस२५ सिरिजका सबै स्मार्टफोनहरूमा ६ महिना सम्म जेमिनी एडभान्स्ड सेवा र २ टीबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्नेछ । जेमिनी एडभान्स्डमा सामसङको सबैभन्दा शक्तिशाली एआई मोडेलहरू उपलब्ध छन्, जसले प्रयोगकर्ताहरूलाई नयाँ जेम्स (कस्टम एआई एक्सपर्ट) तथा डिप रिशर्च (एआई रिशर्च असिस्टेन्ट) जस्ता विशेष सुविधाहरू दिन्छ।
