काठमाण्डौ । दक्षिण कोरियाले चिनियाँ एप ‘डिपसिक’डाउनलोड गर्न रोक लगाएको छ । दक्षिण कोरियाको डेटा सुरक्षा प्राधिकरणले डिपसिकको नयाँ डाउनलोडमा रोक लगाएको हो ।
डिपसिकले प्रयोगकर्ताको निजी डेटा सुरक्षा गर्न दक्षिण कोरियाको केही एजेन्सी नियमहरु पालना गर्न असमर्थ भएकाले एप डाउनलोडमा रोक लगाउनु परेको जनाएको छ । डिपसिकले दक्षिण कोरियाको गोपनियतासम्बन्धी कानून अनुसार परिवर्तन गरे एप डाउनलोड पुनःसुचारु गरिने जनाइएको छ ।
शनिबारदेखि लागू गरिएको कदमको मुख्य उद्देश्य डिपसिकको नयाँ डाउनलोडलाई ब्लक गर्नु रहेको छ । यद्यपी डिपसिकको वेभ सर्भिस भने दक्षिण कोरियामा उपलब्ध रहेको छ ।
डिपसिकले गत साता दक्षिण कोरियामा कानूनी प्रतिनिधि नियुक्त गरेको थियो र आशिंक रुपमा देशको कानूनलाई बेवास्ता गरेको स्विकार गरेको थियो ।
इटलीको डेटा सुरक्षा प्राधिकरणले पनि गत महिना व्यक्तिगत डेटाको गोपनियता जोगाउन असफल भएको भन्दै डिपसिकलाई च्याटबट ब्लक गर्न निर्देशन दिएको थियो ।