सोमबार, असार २,२०८२ 12:43:59
  • सोमबार, असार २,२०८२ 12:43:59
Global IME Bank Limited

कमजोर अर्थतन्त्रका कारण न्यूजिल्याण्ड छाड्नेको संख्या रेकर्डतोड स्तरमा

Hyundai Nepal
कमजोर अर्थतन्त्रका कारण न्यूजिल्याण्ड छाड्नेको संख्या रेकर्डतोड स्तरमा
Nabil Bank Limited

काठमाण्डौ । जिवीका धान्नै मुश्किल भएसँगै र बढ्दो आर्थिक मन्दीका कारण न्यूजिल्याण्ड छाड्नेको संख्या रेकर्डतोड स्तरमा पुगेको छ । नयाँ अवसरको खोजीमा गत वर्ष न्यूजिल्याण्डमा १ लाख २८ हजार ७०५ जना बाहिरिएका छन् ।  

न्यूजिल्याण्डले हालै सार्वजनिक गरेको आँकडा अनुसार सन् २०२३ मा यो संख्या १ लाख १ हजार ५८५ थियो । यस्तै गत वर्ष न्यूजिल्याण्ड आउने विदेशीको संख्यामा समेत उल्लेख्य कमी आएको छ । न्यूजिल्याण्डबाट बहिर्गमन हुनेको बढ्दो र आगमनको घट्दो संख्याले यहाँको कमजोर श्रम बजार र अर्थतन्त्रमा देखिएको सुस्त ज्यालादर वृद्धिलाई दर्शाएको छ ।  

न्यूजिल्याण्डमा ज्याला वृद्धिदर गत ६ महिनामा २.१ प्रतिशतले खुम्चिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पर्यटकहरुको कम आगमनले न्यूजिल्याण्डको आर्थिक वृद्धि समेत प्रभावित बएको छ । गत वर्ष विदेशी आगमनको संख्या सन् २०२३ काु तुलनामा ९७ हजारले कम भएको छ । आकर्षक रोजगारीको अभाव, दक्ष कामदार भित्राउने सरकारको कडा आगमन नीतिका कारण विदेशी आगमनको संख्यामा कमी आएको जनाइएको छ ।  

गत वर्ष न्यूजिल्याण्ड छाड्नेमा १ ७२ हजार २ जना न्यूजिल्याण्डका नागरिक र ५६ हजार ७०३ जना भने विदेशी रहेको जनाइएको छ ।  

न्यूजिल्याण्डबाट बाहिरिनेमा ५६ प्रतिशत अष्ट्रेलिया गएका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.