काठमाण्डौ । एरोस सोलुसन प्रालिको खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट ३×३ कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगिता फागुन १७–१८ गते मम्बा स्पोट्र्स सेन्टर, काठमाण्डौमा आयोजना हुँदैछ । यो प्रतियोगिता खेलाडीहरू र दर्शकहरूका लागि अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
१६ कर्पोरेट टोलीहरू लिग–कम–नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन् । गत वर्षका विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनःआफ्नो उपाधि बचाउन फर्कँदैछन् । एरोस सोलुसनका प्रबन्ध निर्देशक, राजजङ्ग थापा, भन्छन्, ‘हामी भाटभटेनी सुपर मार्केटलाई शीर्ष प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा गर्व गर्छौं। उनीहरूको खेलप्रति प्रतिबद्धता नेपालमा बास्केटबल प्रवद्र्धनका लागि प्रेरणादायी छ ।’ यस प्रतियोगिताका थप साझेदार प्रायोजकहरू – पेपे पिज्जा ‘फुड पार्टनर’, ऊप्स, आइलाइक इट ‘मनोरञ्जन पार्टनर’, मम्बा स्पोट्र्स सेन्टर ‘कोर्ट पार्टनर’, र ह्याम्स अस्पताल ‘मेडिकल पार्टनर’ रहेका छन् ।
सबै कर्पोरेट संस्थाहरूलाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सीप प्रदर्शन गर्न आमन्त्रण गरिएको छ । सीटहरू पहिलो दर्ता, पहिलो प्राथमिकता आधारमा उपलब्ध गराइनेछ । टिम दर्ता मिति फेब्रुअरी २४, २०२५ मा बन्द हुनेछ । दर्ताका लागि गेटसेटगेम नेपालका सामाजिक सञ्जाल पेजहरू भ्रमण गर्न सकिन्छ । यो प्रतियोगिता कर्पोरेट जगतमा खेल भावना र मित्रता प्रवद्र्धन गर्ने उत्कृष्ट प्लेटफर्म हुनेछ ।