शुक्रबार, फाल्गुन ९,२०८१ 06:42:44
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 06:42:44
IME remit
Global IME Bank Limited

सेयर बजार घट्दा भारतीय लगानीकर्ता आतंकित, एसआईपी बन्द गर्ने कि पैसा झिक्ने भन्नेमा अन्यौलता

Hyundai Nepal
सेयर बजार घट्दा भारतीय लगानीकर्ता आतंकित, एसआईपी बन्द गर्ने कि पैसा झिक्ने भन्नेमा अन्यौलता
Nabil Bank Limited

काठमाण्डौ । भारतीय सेयर बजारमा आएको गिरावट थामिने अवस्थामा देखिएको छैन । केही महिनाअघिसम्म बजारमा लगानी गर्दा हजार–लाख नाफा हुने कुरा गर्ने धेरै विज्ञहरूले अहिले आफ्नो स्वर परिवर्तन गर्न थालेका छन् । सामाजिक सञ्जालमा ‘करोडपति–अर्बपति बन्ने रेसिपी’ दिने रिल्स पनि स्क्रोल गर्दा कम देखिन थालेका छन् ।

बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स सेप्टेम्बर २०२४ मा लगभग ८६ हजारको स्तरमा पुगेको थियो। अहिले ७६ हजारको हाराहारीमा कारोबार भइरहेको छ । सेन्सेक्समा आएको गिरावटका कारण प्रणालीगत लगानी योजना (एसआईपी) मार्फत बजारमा लगानी गर्ने म्युचुअल फण्डका लगानीकर्ता चिन्तित छन् । यस समयमा एसआईपी बन्द गर्ने वा यसबाट आफ्नो सबै पैसा फिर्ता लिने कि भन्नेमा भारतीय लगानीकर्ताम अन्यौलता छाएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

सेयर बजारमा आएको गिरावटका कारण लगानीको मूल्य घटेको छ भने कतिपय लगानी घाटामा समेत गएको छ । स्मलक्याप र मिडक्याप सेयरको लगातार बिक्रीका कारण लगानीकर्तामा त्रास छ ।

धेरै विज्ञहरूले यो आतंकलाई बढावा दिइरहेका छन्। भर्खरै आईसीआईसीआई प्रुडेन्सियल म्युचुअल फण्डका प्रमुख लगानी अधिकृत शंकरन नरेनले यी स्टकहरू पूर्ण रूपमा बाहिर निकाल्ने समय आएको बताए।

नरेनले भने, ‘सन् २०२३ बाट स्मॉलक्याप र मिडक्याप एसआईपी सुरु गरेका लगानीकर्ताहरूले धेरै नराम्रो अनुभव गर्नेछन्, अब तिनीहरूबाट बाहिर निस्कने समय आएको छ।’ नरेनले सन् २००८–१० भन्दा सन् २०२५ बढी खतरनाक हुन सक्ने बताएका छन् । २००८मा लगानीकर्ताहरूले बैंकिङ सेयरहरूमा धेरै पैसा गुमाए। पछिल्ला दुई महिनामा मात्रै स्मॉलक्याप र मिडक्याप सूचकांक करिब १८ प्रतिशतले घटेको छ ।

म्युचुअल फण्डमा घट्यो लगानी  

एसोसिएसन अफ म्युचुअल फण्ड्स इन इण्डिया (एएमएफआई) को जनवरीको तथ्याङ्क अनुसार, इक्विटी फण्डमा लगानी अघिल्लो महिनाको तुलनामा ३.६ प्रतिशतले कम थियो र कुल ३९ हजार ६८७ करोड भारु थियो।

त्यस्तै डिसेम्बर २०२४ मा, ४१ हजार १५५ करोड भारु इक्विटी म्युचुअल फन्डहरूमा लगानी गरिएको थियो। जनवरीमा म्युचुअल फन्डहरू मार्फत गरिएको कुल लगानीमध्ये २६ हजार ४ सय करोड रुपैयाँ एसआईपी मार्फत लगानी गरिएको थियो। जनवरी २०२५ मा, लगानीकर्ताहरूले लार्ज क्याप कोषमा ३ हजार ६३ करोड भारु मिड–क्याप कोषमा ५ हजार १४७ करोड र स्मल–क्याप कोषमा ५ हजार ७२० करोड रुपैयाँ लगानी गरे।  

एएमएफआईको तथ्यांक अनुसार जनवरी २०२५ मा म्युचुअल फण्ड फोलियोको संख्या २२.९२ करोड भारु पुगेको छ ।

तर, नरेनको सल्लाह विपरीत धेरै वित्तीय विज्ञहरूले यो गिरावटलाई लगानीको राम्रो अवसर भनेका छन् । यो पूँजी निकाल्ने समय नभएर लगानी गर्ने समय भएको उनको विश्वास छ । सेयर बजारमा आएको गिरावटले एसआईपीलाई असर गर्छ तर अस्थिरतामा राम्रो नतिजा ल्याउन एसआईपी डिजाइन गरिएको उनीहरुको भनाइ छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.