काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडमा नयाँ सञ्चालक नियुक्त भएका छन् । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा याम बहादुर सुर्खालीलाई आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरी सञ्चालक नियुक्त गरेको हो ।
उनलाई सर्वसाधारण सेयरधनीका तर्फबाट बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।