मंगलवार, आश्विन १३,२०८३ 09:33:34
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:33:34
Bizshala
Global IME Bank Limited

कर्मचारीलाई बोनस र भत्ता बाँड्न बीमा कम्पनीले छुट्याए रु. ५.६० अर्ब, कुनले कति ?

Bizshala
कर्मचारीलाई बोनस र भत्ता बाँड्न बीमा कम्पनीले छुट्याए रु. ५.६० अर्ब, कुनले कति ?
New Office

काठमाण्डौ । बीमा कम्पनीहरुले कर्मचारीलाई बोनस वा भत्ता बाँड्न साढे ५ अर्ब रुपैयाँ छुट्याएका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा १४ जीवन बीमक, १४ निर्जीवन बीमक र ७ लघुबीमा कम्पनीले कुल ५ अर्ब ६० करोड रुपैयाँ छुट्याएका हुन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४।९६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुले कर्मचारीको सेवा सुविधाका लागि ५ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ छुट्याएका थिए ।  

बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई सुविधा प्रदान गर्न वित्तीय विवरणमा ‘कर्मचारी लाभ खर्च’ शीर्षकमार्फत रकम छुट्याएका हुन्छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कर्मचारी लाभ शीर्षकले कम्पनीले आफ्ना कर्मचारीलाई सुविधा दिन वा फाइदा पुर्याउन खर्चिएको रकम भन्ने बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्र नगद पनि हुन सक्छ ।  

जसमा न्यूनतम पारिश्रमिक, बोनस तथा भत्ता प्राप्त गर्ने कर्मचारीलाई स्वास्थ्य बीमा लगायत लत्ताकपडा वा अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था रहेको हुन्छ । साथै केही कम्पनीहरुले कर्मचारीको कामको प्रशंसा बापत समेत यस्तो शीर्षकमा रकम छुट्याएका हुन्छन् ।  

कर्मचारी लाभको लागि रकम छुट्याउँदा बफादार जनशक्ति, कामप्रति निष्ठा, कम्पनीको व्यवसायमा प्रगति, स्वस्थ टिम र कर्मचारीको क्षमतामा अभिबृद्धि हुन सक्ने जस्ता फाइदाहरु हुन सक्छन् ।  

सो अवधिसम्म जीवन बीमा कम्पनीहरुले मात्रै ३ अर्ब १२ करोड ११ लाख रुपैयाँ छुट्याएका छन् । यो रकम पनि गत आवको तुलनामा सामान्य मात्रै बढी हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुले कर्मचारीलाई बोनस तथा भत्ता बाँड्न २ अर्ब ९० करोड रुपैयाा छुट्याएका थिए ।  

सो अवधिसम्म नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी र सुर्यज्योति लाइफको यस्तो रकम गत आवको तुलनामा घटेको छ भने सबै कम्पनीले बढाएका छन् । गत आवको तुलनामा सबैभन्दा बढी कर्मचारी सेवा सुविधाको लागि रकम बढाउनेमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३९।६४ प्रतिशतले यस्तो रकम बढाएको छ ।  

साथै निर्जीवन बीमा कम्पनीरुको कर्मचारीलाई बाँड्ने बोनस तथा भत्ता रकम भने समग्रमा घटेको छ । निर्जीवन बीमकहरुको नाफा प्रभावित देखिदा कर्मचारीले पाउने बोनस र भत्तामा पनि प्रभावित देखिएको हो ।  

सो अवधिसम्म नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट, युनाइटेड अजोड, नेपाल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सको यस्तो रकम घटेको छ भने बाँकी अन्य कम्पनीको यस्तो रकम बृद्धि देखिएको छ ।  

यता लघुबीमा कम्पनीहरुले भने कर्मचारीलाई मख्ख बनाउने गरी रकम छुट्याएका छन् । सो अवधिसम्म लघुबीमकहरुले १५करोड ६३ लाख रुपैयाँ कर्मचारीलाई बोनस वा भत्ता बाँड्न रकम छुट्याएका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४९।१५ प्रतिशत बढी हो । सो अवधिसम्म ट्रस्ट माइक्रो इन्स्योरेन्स बाहेक सबै कम्पनीले यस्तो रकम बढाएका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.