सोमबार, असार २,२०८२ 09:27:28
  • सोमबार, असार २,२०८२ 09:27:28
Global IME Bank Limited

जापानमा दुई वर्षकै उच्च पुग्यो महङ्गी

Hyundai Nepal
जापानमा दुई वर्षकै उच्च पुग्यो महङ्गी
Nabil Bank Limited

काठमाण्डौ । जापानको मुद्रास्फीतिदर २ वर्षकै उच्च कायम भएको छ । जनवरी महिनामा जापानको महङ्गीदर ४ प्रतिशत पुगेको छ । यो दर सन् २०२३ जनवरीपछिकै उच्च हो ।  

जनवरीमा मुख्य मुद्रास्फितीदर(ताजा खाद्यान बाहेक) अघिल्लो महिनाको ३ प्रतिशतबाट बढेर ३.२ प्रतिशत पुगेको छ । अर्थशास्त्रीहरुले जनवरीमा जापानको मुख्य मुद्रास्फितीदर ३.१ प्रतिशत रहने अनुमान गरेका थिए ।  

यस्तै हेडलाइन मुद्रास्फितीदर बैंक अफ ,जापानले तय गरेको २ प्रतिशत लक्ष्यभन्दा माथि नै रहेको छ । डिसेम्बरमा यो दर ३.६ प्रतिशत रहेको थियो । ताजा खाद्यान्न र उर्जाको मुद्रास्फितीदर  २.४ प्रतिशतबाट बढेर। २.५ प्रतिशत पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो आँकडा प्रभाशित भएसँगै जापानी येन डलरको तुलनामा ०.१५ प्रतिशतले बलियो बन्दै १४९.३९ येन कायम भएको छ ।  

यस्तै बुधबार जापानको दुई वर्षे बोन्डको प्रतिफल १.० बेसिक प्वइन्टले बढ्दै ०.८३० प्रतिशत पुगेको छ । जुन सन् २००८ अक्टोबर पछिकै उच्च हो ।  

जापानमा पछिल्लो ३ वर्षमा मुद्रास्फीति केन्द्रीय बैंकले निर्धारण गरेको २ प्रतिशतको लक्ष्यभन्दा बढी नै देखिएको छ । बैंक अफ जापानले गत जनवरीमा अल्पकालित ब्याजदर ०.२५ प्रतिशतबाट बढाएर ०.५० प्रतिशत पुर्याएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.