काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४५ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४४.८० रुपैयाँ र बिक्रीदर १४५.४३ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७४.८८ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.०३ रुपैयाँ र बिक्रीदर ८८.४१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६९ रुपैयाँ र बिक्रीदर ३७.८६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३३ रुपैयाँ र बिक्रीदर ३१.४७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९८ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.७८ रुपैयाँ र बिक्रीदर ४५०.७३ रुपैयाँ कायम भएको छ ।