काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको साधारणतर्फको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले आगामी फागुन २० गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकको शाखा कार्यालयहरुः विराटनगर, बिर्तामोड, वीरगञ्ज,जनकपुर, हेटौडा, नरायणगढ,पोखराm बाग्लुङ, बुटवल,घोराही, नेपालगञ्ज, सुर्खेत,धनगढी र महेन्द्रनगरमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति फागुन २८ गते रहेको छ ।