काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४२ रुपैयाँ र बिक्रीदर १३९.०२ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.४५ र बिक्रीदर १३९.०५ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४४.९२ रुपैयाँ र बिक्रीदर १४५.५५ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७४.९८ रुपैयाँ र बिक्रीदर १७५.७४ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.१३ रुपैयाँ र बिक्रीदर ८८.५१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६९ रुपैयाँ र बिक्रीदर ३७.८५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३८ रुपैयाँ र बिक्रीदर ३१.५२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९८ रुपैयाँ र बिक्रीदर ३८.१४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७० रुपैयाँ र बिक्रीदर ९.७४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.६७ रुपैयाँ र बिक्रीदर ४५०.६२ रुपैयाँ कायम भएको छ ।