काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महा–प्रबन्धक कांगडा प्रसाईको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईको राजीनामा स्वीकृत गरेको हो ।
प्रसाईको राजीनामा फागुन १३ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।
यस्तै नयाँ महा–प्रबन्धक नियुक्ती नभएसम्मका लागि कम्पनीको दैनिक कार्य सञ्चालनका लागि सञ्चालक समितिको तर्फबाट अजयलाई जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।