मंगलवार, कार्तिक ३,२०८३ 03:42:10
  • मंगलवार, कार्तिक ३,२०८३ 03:42:10
Global IME Bank Limited

यो कम्पनीले प्राप्त गर्यो एलआईसी नेपालको लिलाम बढाबढमार्फत लगभग सबै सेयर

Bizshala
यो कम्पनीले प्राप्त गर्यो एलआईसी नेपालको लिलाम बढाबढमार्फत लगभग सबै सेयर
New Office

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)लिमिटेडकोे अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत खरिद आह्वान गरेकोमा एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले कुल सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५७७ कित्तामध्ये ४ लाख ७५ हजार ७०० कित्ता अवितरित हकप्रद सेयरहरु प्राप्त गरेको छ ।

कम्पनीको लिलामी सेयरको बोलपत्र फागुन १२ गते ८ बजेदेखी दिनको २ बजे सम्म नक्सालमा रहेको लिसारा बैकेटमा खोलिएको थियो । बोलपत्र आवेदनमा सबै भन्दा बढी रु. ११०० प्रति सेयर मूल्य र सबैभन्दा कम रु १०० कबोल भएको थियो । बोलपत्र आवेदकहरु मध्ये सबै भन्दा बढी बोलकबोल गर्ने बोलपत्र बाट क्रमश ४ लाख ९२ हजार ५७७ कित्ता सेयर बाँडफाँड गर्दा रु. १०२२ (आवेदन फारम रुजु गर्दा अन्तिम मूल्य केही फरक पर्न सक्ने) न्यूनतम मूल्य(कटअफ मूल्य)निर्धारण भएको थियो।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टको विभिन्न क्षेत्रमा लगानी गर्ने, सूचीकृत कम्पनी हो । पछिल्ला दिनहरूमा यस,कम्पनीआक्रमक रूपमा लगानी परिचालनमा सक्रिय देखिदै आएको छ ।  

अघिल्लो वार्षिक साधारण सभाबाट साविकका संस्थापक सेयरधनीहरुलाई विस्थापित गर्दै दोस्रो बजारबाट सेयर लिएका र सेयर बजारमा अभ्यस्त मध्येबाट अधिकांश सञ्चालक चयन भएका थिए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म  चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रदमा आवेदन नपरेको ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर कम्पनीले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङमार्फत गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.