बुधबार, भाद्र ३,२०८३ 02:50:02
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:50:02
Bizshala
Global IME Bank Limited

लगानीकर्तालाई गभर्नरको आग्रहः ‘बैंक जोगाउन यस वर्ष लाभांश कम लिनुस्’

लगानीकर्तालाई गभर्नरको आग्रहः ‘बैंक जोगाउन यस वर्ष लाभांश कम लिनुस्’
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई जोगाउन तथा संस्थाको साख कायम राख्न यस वर्ष लाभांश नदिन लगानीकर्तालाई आग्रह गरेका छन् । बैंकर्स एशोसियसनले आयोजना गरेको बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो आग्रह गरेका हुन् ।  

अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुमा रहेको एनपीए स्तर (नन परफर्मिङ एसेट्स अर्थात् कुल बाँकी कर्जामा म्याद नाघेका कर्जाको अंश वा खराब कर्जाको स्तर) कम नै रहेको बताएका छन् ।  

Bizshala
CG Motors

साथै पछिल्लो समय बैंकहरुको अवस्था बजारमा भनेजस्तो नबिग्रिएको बताउँदै गभर्नर अधिकारीले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । वर्किङ गाइडलाइन आएपछि स्ट्रिक हुनुपर्दा एनपीए बढेको उनले बताए ।  

‘३.४० को एनपीए हुँदा नेट एनपीए १.५ प्रतिशत भन्दा कम १.१३ प्रतिशत हाराहारीमा नै छ । अर्थात एनपीए समग्र बैंकिङ्ग प्रणालीले प्रशस्त मात्रामा प्रोभिजन गरेको छ । राष्ट्र बैंकले समेत एनपीए नबढ्ने नीति लिएको छ ।’ गभर्नर अधिकारीले भने, ‘यस वर्ष बैंकहरुको लाभांश क्षमता घटेको छ त्यसकारण यसवर्ष लाभांश कम लिनुस् ।’  

समग्र वित्तीय प्रणाली टिकाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले प्रोभिजनिङ मान्यता लिएको उनले बताए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.