शुक्रबार, बैशाख ४,२०८३ 07:53:59
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 07:53:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वैदेशिक रोजगार बीमा व्यवसायमार्फत् झण्डै २ अर्ब प्रिमियम संकलन, लघुबीमाले खोसे ठूला बीमकको व्यवसाय

Bizshala
वैदेशिक रोजगार बीमा व्यवसायमार्फत् झण्डै २ अर्ब प्रिमियम संकलन, लघुबीमाले खोसे ठूला बीमकको व्यवसाय
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत झण्डै दुई अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ७ महिनासम्ममा जीवन बीमकहरुले १ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा १५.०९ प्रतिशत बढी हो । गत आवको माघ महिनासम्ममा जीवन बीमकहरुले वैदेशिक रोजगार बीमालेखमार्फत् १ अर्ब ७१ करोड रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।  

हाल १४ बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आइरहेका छन् । जसमा ११ ठूला जीवन बीमक र तीनवटा लघुबीमा कम्पनी रहेका छन् ।

लघुबीमा सञ्चालनमा आएपछि ठूला बीमकहरुको वैदेशिक रोजगार बीमा व्यवसाय खोसिएको छ । गत आवको सोही अवधिसम्मको तुलनामा प्रभु महालक्ष्मी, सन नेपाल लाइफ र एशियन लाइफ बाहेक सबै जीवन बीमकको यस्तो व्यवसाय घटेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढेपनि ठूला जीवन बीमकहरुले वैदेशिक रोजगार बीमा व्यवसाय बढाउन सकेका छैनन् । चालु आवमा मात्रै तीन लघुबीमा कम्पनीले यस्तो व्यवसाय सुरु गरेपछि ठूला बीमकको हिस्सा खोसिएको छ ।  

सो अवधिसम्म सबैभन्दा बढी सन नेपाल लाइफले ७९ करोड २१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै, दोस्रो बढी वैदेशिक रोजगार बीमा व्यवसाय भित्र्याउनेमा एशियन लाइफ रहेको छ । कम्पनीले ४४ करोड ९९ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।  

त्यस्तै, नेपाल लाइफले १६ करोड १३ लाख, नेशनल लाइफले १३ करोड १४ लाख, आइएमई लाइफले १२ करोड ९९ लाख, सानिमा रिलायन्स लाइफले ९ करोड ९९ लाख, सृर्यज्योति लाइफले ७ करोड २४ लाख, रिलायबल नेपाल लाइफले ७ करोड १६ लाख, हिमालयन लाइफले ३२ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले २३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

यता लघुबीमाकम्पनीतर्फ भने सर्वाधिक गार्डियन माइक्रो लाइफले प्रिमियम संकलन गरेको छ । कम्पनीले सो अवधिसम्म २१ लाख रुपैयाँ यस्तो बीमालेख बिक्री गरेर प्रिमियम संकलन गरेको छ । त्यस्तै, लिबर्टी माइक्रो लाइफले १८ लाख रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

गत आवको तुलनामा सर्वाधिक यस्तो व्यवसाय बढाउनेमा एशियन लाइफ रहेको छ । कम्पनीले १९३.७८ प्रतिशतले वैदेशिक रोजगार बीमा व्यवसाय बढाएको छ ।  

त्यस्तै, सन नेपाल लाइफले ८३.१९ प्रतिशत र प्रभु महालक्ष्मी लाइफले ४७.८६ प्रतिशतले यस्तो व्यवसाय बढाएको छ । सबैभन्दा धेरै व्यवसाय घट्नेमा भने नेपाल लाइफ रहेको छ । कम्पनीको यस्तो व्यवसाय ५७.१७ प्रतिशत घटेको छ ।  

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमा सामूहिक कोष (पुल) सञ्चालन सम्बन्धी निर्देशिका, २०८१ संशोधन गर्दै कोष प्रबन्धकको कार्य गर्न दुई पुनर्बीमकलाई भागण्डा लगाइदिएको छ । यसअघि हिमालन रि इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले सामूहिक रुपमा वैदेशिक रोजगार बीमाको पुलको काम गर्ने गरेका थिए ।  

निर्देशिका बमोजिम अब दुई पुनर्बीमा कम्पनीले चार–चार वर्षमा पालैपालो वैदेशिक रोजगार बीमाको पुलको नेतृत्व गर्न पाउनेछन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.