आईतवार, असार २२,२०८२ 05:51:22
  • आईतवार, असार २२,२०८२ 05:51:22
Global IME Bank Limited

‘ओभर बट जोन’मा बन्यो ‘शुटिङ स्टार’, कस्तो रहला अब बजार ?

Hyundai Nepal
‘ओभर बट जोन’मा बन्यो ‘शुटिङ स्टार’, कस्तो रहला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजार करिब १३ अंकले घटेर बन्द भएको छ । दिनभरको कारोबारमा करिब २९२९ सम्म पुगेको बजार अन्त्यमा घटेर बन्द भएको हो ।  

आज बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज बोलिङ्गरको अपर ब्याण्डमा ‘शुटिङ स्टार’ बनेको छ । यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ तर यस्तो क्याण्डल भ्यालिड र इन्भ्यालिड जे पनि हुनसक्छ । यदि आगामी कारोबारमा बजार बढेर आजको उच्च विन्दु भन्दा माथि लागेमा बजारले माथिको यात्रा तय गर्ने छ । तर आजको न्यून विन्दु २८६७ भन्दा तल बजार आएमा भने बजारले केही अंक गुमाउन पनि सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

म्याक्डीबाट नियाल्दा बजार बुलिस नै रहेको छ । आरएआईबाट नियाल्दा बजारले ‘ओभर बट जोन’ ७८ को तहमा हुक बनाएको छ । बढ्दो बजारमा यस्तो विन्दु ९० को तहसम्म पनि पुग्न सक्छ । यस कारण अबको बजारको दिशा कस्तो भन्ने आगामी दिनको कारोबारले निधारण गर्ने देखिन्छ । आज करेक्सन भएको बजार यदि अधिक करेक्सन भएर यस अघिको ग्याप फिलिङ गर्न आँउछ भने बजार २८१५ विन्दुसम्म पनि आउन सक्छ । तर यदि बजार फेरि २९ सय विन्दुमाथि कारोबार हुन्छ भने नयाँ उचाइ तर्फ लाग्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.