बुधबार, भाद्र २५,२०८२ 10:18:56
  • बुधबार, भाद्र २५,२०८२ 10:18:56
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो ‘बुलिस हरामी प्याटर्न’, बियरिस ट्रेण्ड सकिँदै गरेको संकेत

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो ‘बुलिस हरामी प्याटर्न’, बियरिस ट्रेण्ड सकिँदै गरेको संकेत

काठमाण्डौं । केही समयको गिरावटपछि नेप्सेको चार्टमा आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ ।

जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ ।  

दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो आकृति बन्छ (हेर्नुहोस् तस्बिरमा) भने बुलिस हरामी बनेको मानिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बुलिस हरामी चार्टको न्यून विन्दुमा बन्ने गर्छ । यदि रातो लामो क्यान्डलको ठीकपछि छोटो हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस हरामी भनेर बुभिन्छ (हेर्नुहोस् एरो)। यसले ट्रेन्ड परिर्वतनको संकेत गर्छ । अर्थात लामो समय देखि चलेको वियरिस यात्रा सकिदै गरेको बुझिन्छ ।  

यदि घटिरहेको बजारमा यस्तो आकृति बन्छ भने त्यसले बाटो परिवर्तन गर्ने संकेत गर्छ । यस्तो अवस्थामा खरिदकर्ता हावी भएका हुन्छन् । यसविपरीत यदि पहिलो क्यान्डल लामो हरियो र दोस्रो क्यान्डल छोटो रातो बन्छ भने यसलाई बियरिस हरामी भनेर बुझिन्छ । यस्तो आकृति चार्टको माथि बन्छ र बिक्रीकर्ता हावी भएका हुन्छन् । यसले पनि ट्रेन्ड परिवर्ततको संकेत गरेको भन्ने बुझिन्छ ।  

आज केही समयपछि नेप्सेको चार्टमा बुलिस हरामी क्यान्डल बनेको देखिन्छ । यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ । तर यसको निश्चिताको लागि भने आगामी कारोबारमा आज १९९२ मा बन्द भएको बजार २०१० भन्दा माथि टिकेर कारोबार हुनु पर्ने हुन्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण काराबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.