आईतवार, फाल्गुन ३,२०८२ 06:06:06
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:06:06
Bizshala
Global IME Bank Limited

नेप्सेले अघि बढाउँदै ‘एसएमई प्लेटर्फम ’, दोस्रो बजारमा पनि ५०० कित्ता नै खरिद-बिक्री गर्नुपर्ने

नेप्सेले अघि बढाउँदै  ‘एसएमई प्लेटर्फम ’, दोस्रो बजारमा पनि ५०० कित्ता नै खरिद-बिक्री गर्नुपर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले साना तथा मझौला कम्पनीहरुको प्लेटफर्म  ‘एसएमई’ सम्बन्धी विनियमावली अघि बढाएको । नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले दिएको जानकारीअनुसार यस विषयमा धितोपत्र बोर्डले नियामवली बनाएर मन्त्रीपरिषदबाट पास गरेर पठाएको छ । अब नेप्सेले यस विषयमा विनियामवली बनाउने प्रक्रिया अघि बढाएको छ ।  

यसमा अब नेप्सले केही पनि परिमार्जन गर्न सक्दैन । उक्त नियामवलीमा एमएमई प्लटफर्म अन्तर्गत आईपीओका लागि ५०० कित्ताका लागि आवेदन दिनुपर्ने उल्लेख छ ।  त्यही अनुसार दोस्रो बजारमा पनि ५०० कित्ताको नै खरिद÷बिक्री गर्नु पर्ने हुन्छ । एसएमइ नियामावलीको ३७ नम्बर बुँदामा भनिएको छ ‘ धितोपत्र बजारले अग्रिम सूचना प्रकासन गरि धितोपत्र बाँडफाँड बमोजिम हुने गरि कारोबार हुने न्यूनतम र अधिकतम धितोपत्र संख्या तोक्न सक्ने छ ।’  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसको अर्थ आईपीओमा आवेदन दिने ५ सय कित्ता अनुसार नै दोस्रो बजारमा सेयर कारोबार हुने पराजुलीले नियामावली देखाउँदै प्रष्ट पारे । उनका अनुसार एसएमईमा छुट्टै प्लेटफर्म नहुन पनि सक्ने बताए ।  उनले भारतमा छुट्टै प्लेटफर्म नरहेको र नेपालमा पनि नहुन सक्ने बताए ।  

प्रवक्ता पराजूलीले हाल विनियमावली बन्दै गरेको भएता पनि इच्छुक संस्थाले धितोपत्र बोर्डमा आईपीओ निस्कासन गर्नको लागि  हालनै आवेदन दिन सक्ने पनि बताए ।  

एसएमईसम्बन्धी नियमावली लागू भएसँगै २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका सार्वजनिक निष्कासन गर्नेछन् । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारण्मा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ ।

  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नियमावली अनुसार लगातार ३ वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न पाउनेछन् । कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गरिने धितोपत्रको ५ प्रतिशत सोको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्ने मर्चेन्ट बैङ्करले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको हुनु पर्नेछ ।

आईपीओ जारी गर्दा क्रेडिट रेटिङ्ग गर्न बोर्डले निर्देशन दिन सक्नेछ । बोर्डले सङ्गठित संस्थाको क्रेडिट रेटिङ्ग गर्न आवश्यक देखेमा यस नियमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपूर्व क्रेडिट रेटिङ्ग गर्ने संस्थामार्फत् क्रेडिट रेटिङ्ग गराउन सङ्गठित संस्थालाई निर्देशन दिन सक्नेछ ।

यस्तै बोर्डबाट धितोपत्रको सार्वजनिक निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र संस्थाले धितोपत्रको बिक्री खुला गरि सक्नु पर्नेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.