शुक्रबार, असार १२,२०८३ 04:42:51
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 04:42:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

५०० भन्दा बढी कारहरूसहित नेपालमा प्रभुत्व जमाउँदै नामी

Laxmi Sunrise Bank Limited
५०० भन्दा बढी कारहरूसहित नेपालमा प्रभुत्व जमाउँदै नामी

काठमाण्डौ । डोङफेङ नामी, बिग ह्याच विद फाइभ–स्टार लक्जरीले नेपालको सडकमा ५०० भन्दा बढी कारहरूको बिक्रीका साथ उत्कृष्ट कोसुढुङ्गा हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धिले ईभी बजारमा नामीको बढ्दो प्रभुत्व र नेपालको यातायात क्षेत्रलाई पुनःपरिभाषित गर्ने यसको प्रतिबद्धतालाई जोड दिएको कम्पनीले जनाएको छ ।  

परम्परागत कार लन्चभन्दा बिल्कुल फरक रहँदै नामीले अटोमोटिभ उद्योगमा मौलिक प्रकारको एक अभूतपूर्व फेसन शो–थीम कार्यक्रममार्फत डेब्यू गरेको हो।ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित यो नवीन लन्चले नामीको भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधाहरू र प्रिमियम अपील प्रदर्शन गरेको छ।कार्यक्रमले दर्शकहरूमा स्थायी छाप छोड्दै उनीहरूलाई यातायातको भविष्यलाई अँगाल्न प्रेरित गरेको समेत कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

नामीले आज यो अविश्वसनीय उपलब्धि मनाउँदै गर्दा यस ब्रान्डले एमएडब्लू वृद्धि ईभीका र्निभलको समापन समारोहमा अर्को माइलस्टोन हासिल गरेको छ।एक विशेष समारोहमा ५ जना ग्राहकहरूलाई ब्रान्ड न्यू नामी गाडीहरूको साँचो हस्तान्तरण गरिएको थियो।देशभरि पहिलेनै ५०० भन्दा बढी नामी कारहरू गुडिरहेको अवस्थामा यस ब्रान्डले नेपालको ईभी लहरमा आफूलाई अग्रणीको रूपमा दृढतापूर्वक स्थापित गरेको कम्पनीले जनाएको छ।

नामीले नाडा अटो शोमा ७२० भन्दा बढी बुकिङहरूको रेकर्ड पनि कायम गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.