काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ घटेको छ ।
आज एक अमेरिकी डलरको खरिददर १३९.२५ र बिक्रीदर १३९.८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.४४ र बिक्रीदर १४०.०४ रुपैयाँ कायम थियो ।
आज एक यूरो खरिददर १५१.७२ रुपैयाँ र बिक्रीदर १५२.३७ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८०.०४ रुपैयाँ र बिक्रीदर १८०.८२ रुपैयाँ कायम छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.४५ रुपैयाँ र बिक्रीदर ८७.८३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९१ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२५ रुपैयाँ र बिक्रीदर १९.३३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.५५ रुपैयाँ र बिक्रीदर ३१.६९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२१ रुपैयाँ र बिक्रीदर ३८.३७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५८ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.९२ रुपैयाँ र बिक्रीदर ४५३.८७ रुपैयाँ कायम भएको छ ।