बिहीबार, श्रावण १४,२०८३ 04:26:50
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 04:26:50
Bizshala
Global IME Bank Limited

फोन पेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान

फोन पेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान
New Office

काठमाण्डौ । फोन पेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो पछिल्लो अभियान ‘सक्षम नारी’ सुरु गरेको छ। यस अभियानद्वारा फोन पेले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने प्रयास गरेको जनाएको छ ।  

फोन पेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो। माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि फोन पे सेवाहरू फोनपे क्यूआर,फोनपे डाइरेक्ट र फोनपे बिलप्रयोग गरि कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने रहेको छ । नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथैसानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले रु १००० को ग्यारेन्टी टपअप जित्नेछन्।

अभियानको उदेश्यका बारेमा बोल्दै फोन पेका प्रमुख रणनीतिक अधिकृत सुबोध शर्माले भने ‘सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो। हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरु माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छर यो अभियान मार्फत हामी यो स्वरुपपरिवर्तन गर्न चाहन्छौं। हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.