आईतवार, फाल्गुन ३,२०८२ 08:09:26
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:09:26
Bizshala
Global IME Bank Limited

अमेरिकी सेयरबजारको बाउन्सब्याक, अधिकांश एशियाली बजारमा समेत हरियाली

अमेरिकी सेयरबजारको बाउन्सब्याक, अधिकांश एशियाली बजारमा समेत हरियाली
Shivam Cement

काठमाण्डौ । शुक्रबार अमेरिकी सेयर बजारले ‘बाउन्सब्याक’ गरेको छ । आज तीववटै अमेरिकी सेयर बजार मापक इन्डेक्समा हरियाली छाएको छ ।  

यो दिन एस एण्ड पी५०० इन्डेक्स ०.९ प्रतिशतले बढेको छ । यस्तै नास्डक १.२ प्रतिशत र डाउ जोन्स ०.६ प्रतिशतले बढेका छन् । सिनेट अल्पसंख्यक नेता चक स्कुमरले रिपब्लिकन सरकारको फण्डिङ बिल  नरोक्ने बताएसँगै लगानीकर्ताको मनोबल बढ्दा अमेरिकी सेयर बजारमा वृद्धि देखिएको हो ।  

बिहिबार एस एण्ड पी५०० इन्डेक्स १.४ प्रतिशतले घटेको थियो । यस्तै डाउ जोन्स र नास्डक पनि क्रमशः१.३ प्रतिशत र २ प्रतिशतले झरेका थिए ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

डाउ जोन्स लगातार दुई साता घट्ने अवस्थामा पुगेको छ । यसका साथै डाउ जोन्सले सन् २०२२ जुन पछिकै सबैभन्दा खराब साताको सामना गरेको छ ।  

यस्तै एस एण्डपी५०० र नास्डकको पनि लगातार ४ साता घट्ने बाटोमा अग्रसर रहेको छ ।  

यस्तै आज अधिकांश एशिया प्यासेफिक बजारमा समेत वृद्धि देखिएको छ । चीनको सेयर बजार मापक इनडेक्स सीएसआई३०० आज २.४३ प्रतिशत,हङकङको हाङसेङ इन्डेक्स २.१२ र जापानको निक्की२२५ इन्डेक्स ०.७२ ले बढेको छ । दक्षिण अफ्रिकाको कोस्पी इन्डेक्स  भने आज ०.२८ प्रतिशतले घटेको छ ।  

आज भारतीय सेयर बजार होलिका कारण बन्द छन् ।   

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.