काठमाण्डौ । शुक्रबार अमेरिकी सेयर बजारले ‘बाउन्सब्याक’ गरेको छ । आज तीववटै अमेरिकी सेयर बजार मापक इन्डेक्समा हरियाली छाएको छ ।
यो दिन एस एण्ड पी५०० इन्डेक्स ०.९ प्रतिशतले बढेको छ । यस्तै नास्डक १.२ प्रतिशत र डाउ जोन्स ०.६ प्रतिशतले बढेका छन् । सिनेट अल्पसंख्यक नेता चक स्कुमरले रिपब्लिकन सरकारको फण्डिङ बिल नरोक्ने बताएसँगै लगानीकर्ताको मनोबल बढ्दा अमेरिकी सेयर बजारमा वृद्धि देखिएको हो ।
बिहिबार एस एण्ड पी५०० इन्डेक्स १.४ प्रतिशतले घटेको थियो । यस्तै डाउ जोन्स र नास्डक पनि क्रमशः१.३ प्रतिशत र २ प्रतिशतले झरेका थिए ।
डाउ जोन्स लगातार दुई साता घट्ने अवस्थामा पुगेको छ । यसका साथै डाउ जोन्सले सन् २०२२ जुन पछिकै सबैभन्दा खराब साताको सामना गरेको छ ।
यस्तै एस एण्डपी५०० र नास्डकको पनि लगातार ४ साता घट्ने बाटोमा अग्रसर रहेको छ ।
यस्तै आज अधिकांश एशिया प्यासेफिक बजारमा समेत वृद्धि देखिएको छ । चीनको सेयर बजार मापक इनडेक्स सीएसआई३०० आज २.४३ प्रतिशत,हङकङको हाङसेङ इन्डेक्स २.१२ र जापानको निक्की२२५ इन्डेक्स ०.७२ ले बढेको छ । दक्षिण अफ्रिकाको कोस्पी इन्डेक्स भने आज ०.२८ प्रतिशतले घटेको छ ।
आज भारतीय सेयर बजार होलिका कारण बन्द छन् ।