काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र चैत ४ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सलामा रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ७ बजे खोलिने छ ।
कम्पनीले गत फागुन २० गतेदेखि फागुन २८ गतेसम्म ८ लाख ७३ हजार ६१.२२५ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको थियो । जसमध्ये आवेदन नपरेको सेयर कम्पनीले लिलामीमार्फत बिक्री गरेको हो ।