काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिप्ती शाह नियुक्त भएकी छन् । चैत ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शाहलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका कम्पनीका सञ्चालक अशोक कुमार खड्काले राजीनामा दिएका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                