मंगलवार, श्रावण १९,२०८३ 10:58:32
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:58:32
Bizshala
Global IME Bank Limited

हङकङको सेयर बजार ३ वर्षकै उच्च, अन्य एशियाली बजारको अवस्था कस्तो ?

हङकङको सेयर बजार ३ वर्षकै उच्च, अन्य एशियाली बजारको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । हङकङको सेयर बजार ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । आज एशियाली बजारहरुमध्ये सर्वाधिक वृद्धि हुँदै हङकङको सेयरबजार मापक इन्डेक्स हाङसेङले यो उपलब्धि हासिल गरेको हो ।  

चीनको परिदृश्यमा देखिएको सकारात्मक संकेत र हालै प्रकाशित भएको ताजा आँकडा र चिनियाँ सरकारले उपभोग बढाउन गरेको प्रतिबद्धताका कारण लगानीकर्ता उत्साहित हुँदा हङकङको सेयर बजारमा सुधार आएको हो ।  

आज हाङसेङ इन्डेक्स २.४६ प्रतिशत अर्थात ५९५ अंकले बढेको छ । यससँगै हाङसेङ इन्डेक्स २४ हजार ७४० विन्दुमा पुगेको छ । पछिल्लो एक वर्षमा हाङसेङ इन्डेक्स २३ प्रतिशतले बढिसेको छ । जुन अन्य मुख्य बजारको तुलनामा बढी हो ।  

आज जापानको सेयर बजार समेत बढेको छ । जापानको सेयर बजार आज १.२० प्रतिशतले बढ्दै ३७ हजार ८४५ विन्दुमा पुगेको छ । यस्तै चीनको सेयर बजार सीएसआई३०० इ्रन्डेक्स पनि ०.२७ प्रतिशत र दक्षिण कोरियाको कोस्पी ०.०६३ प्रतिशतले बढेको छ ।  

आज भारतका दुवै सेयर बजार मापक इन्डेक्समा पनि हरियाली छाएको छ । आज सेन्सेक्स इन्डेक्स १.२८ प्रतिशत र निफ्टी५० इन्डेक्स १.२५ प्रतिशतले बढेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.