सोमबार, कार्तिक २,२०८३ 10:52:25
  • सोमबार, कार्तिक २,२०८३ 10:52:25
Global IME Bank Limited

बीमा कम्पनीको हकप्रदमा देखिएन मोह, लिलामीमा सेयर बिक्री गर्दा कम्पनीलाई नै फाइदा !

Bizshala
बीमा कम्पनीको हकप्रदमा देखिएन मोह, लिलामीमा सेयर बिक्री गर्दा कम्पनीलाई नै फाइदा !
New Office

काठमाण्डौ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्तापूँजी बढाउन निर्देशन दिएसँगै १० बीमा कम्पनीले हकप्रदको बाटो रोजे । प्राधिकरणले जीवन बीमाको लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएको थियो ।  

अधिकांशले हकप्रदमार्फत तोकिएको चुक्तापूँजी पुर्याउने निर्णय गरेका छन् । जीवन बीमातर्फ एलआइसी नेपाल, सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ र एशियन लाइफ रहेका छन् भने निर्जीवनतर्फ एनएलजी, नेको, प्रभु, नेपाल, युनाइटेड अजोड र सानिमा जिआइसी रहेका छन् ।  

सो मध्ये एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्सले हकप्रद बिक्री गरिसकेका छन् भने नेको इन्स्योरेन्सले हाल हकप्रद सेयर निष्कासन गरिरहेको छ । सन नेपाल लाइफले पनि हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अब बोर्डको पाइपलाइनमा ६ बीमा कम्पनी छन् । जसमा तीन जीवन बीमक र तीन निर्जीवन बीमक रहेका छन् । यसअघि हकप्रद बिक्री गरेका बीमा कम्पनीलाई तोकिएको समयमा हकप्रद बिक्री गर्न हम्य परेको थियो ।  

एलआइसी नेपाल र एनएलजी इनस्योरेन्सले बिक्रीमा ल्याएको हकप्रद सेयर सबै बिक्री नभएपछि लिलामीमार्फत सेयर बिक्री गरेको थियो । नेको इन्स्योरेन्सले पनि हकप्रद सेयरमा मागबमोजिम आवेदन नपरेपछि सेयर भर्ने समयावधि थप गरेको छ ।  

अझैपनि सन नेपाल लाइफसहित  ७ बीमा कम्पनीको हकप्रद सेयर निष्कासन हुन बाँकी नै छ । उक्त कम्पनीहरुको हकप्रद सेयरमा पनि मागबमोजिम आवेदन नपरेमा ती कम्पनीहरुले अवतरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्नुपर्ने हुन्छ ।  

पछिल्लो समय लगानीकर्ताहरुको हकप्रद सेयरप्रति मोह हराउँदै गएको छ । घट्दो सेयरबजारमा हकप्रद भर्दा त्यति फाइदा नहुने लगानीकर्ताहरु बताउँछन् । धमाधम बीमा कम्पनीहरुको हकप्रद आएपनि बजारमा बुल नआएका कारण हकप्रदप्रति लगानीकर्ताहरु यति आकर्षित नदेखिएका बजार जानकार बिरेन्द्र विष्ट बताउँछन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

‘अहिलेको बजार वियरिस ट्रेन्डमा छ, यस्तो अवस्थामा हकप्रद भरेर त्यति फाइदा पनि देखिँदैन’ उनले भने, ‘यदि बजारमा बुल आएको भए बीमा कम्पनीलाई हकप्रद बेच्न त्यति हम्य पर्ने थिएन र लगानीकर्ताले पनि धमाधम हकप्रद सेयर खरिद गर्ने वातावरण हुन्थ्यो ।’

जुनसुकै कम्पनीको हकप्रद बिक्री खुल्ला भएपनि १०–१५ प्रतिशत लगानीकर्ताले हकप्रद भर्ने नगरेको विष्ट दाबी गर्छन् । ‘बीमा कम्पनीको मात्रै नभई हाइड्रो वा अन्य कम्पनीको हकप्रद आएपनि कायम सेयरधनीहरुमध्ये १० देखि १५ प्रतिशत लगानीकर्ताले हकप्रद सेयर भर्दैनन्’ उनले भने, ‘हकप्रद भर्न योग्य व्यक्तिले नै सेयर नभरेपनि १० देखि २० प्रतिशतसम्म सेयर बिक्री नहुनु स्वभाविक नै हो ।’

बीमा कम्पनीहरुले मागबमोजिमको आवेदन नपरेमा लिलामीमार्फत सेयर बिक्री गर्ने विष्ट दाबी गर्छन् । ‘बीमा कम्पनीहरुले जसरी पनि तोकेको पूँजी पुर्याउनु पर्ने दबाद छ, यसकारण पनि उक्त कम्पनीहरुले लिलामीमार्फत भएपनि हकप्रद सेयर बिक्री गर्ने निश्चित छ’ उनले भने, ‘बजारमा स्मार्ट लगानीकर्ताहरु धेरै छन्, उनीहरुले हकप्रदमा त्यति रुची राख्दैनन् तर त्यहि कम्पनीको राइट सेयर लिलामीमा आयो भने फेरी भर्ने गर्छन् ।’

अवतरित हकप्रद सेयर लिलामीमा ल्याउँदा उल्टै बीमा कम्पनीलाई नै फाइदा हुने लगानीकर्ताहरुको भनाई छ । रेगुलर हकप्रद बिक्री गर्दा लगानीकर्तालाई अंकित मूल्य १०० रुपैयाँ तोकिएको हुन्छ, भने त्यहि सेयर लिलामीमार्फत बिक्री गर्दा सय रुपैयाँ वा सो भन्दा बढी मूल्यका लागि बोलपत्र पेश गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बीमा कम्पनीले अंकित मूल्य भन्दा बढी रकम प्राप्त गर्दछन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.