बुधबार, भाद्र ३,२०८३ 02:44:19
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:44:19
Bizshala
Global IME Bank Limited

प्रतिकित्ता ५४१ मा कारोबार भईरहेको शिवम् सिमेन्टको सेयर एकाएक ५०० मा कसरी भयो कारोबार ? यस्तो छ कारण

प्रतिकित्ता ५४१ मा कारोबार भईरहेको शिवम् सिमेन्टको सेयर एकाएक ५०० मा कसरी भयो कारोबार ? यस्तो छ कारण
New Office

काठमाण्डौ । मंगलबारको सेयर कारोबारमा शिवम् सिमेन्टको सेयर प्रतिकित्ता ५४९ मा खुलेको थियो भने अन्तयमा ५३९ रुपैयाँमा बन्द भयो । दिनभरको न्यून विन्दु ५३८ रुपैयाँ रह्यो भने उच्च मूल्य ५४९ रुपैयाँ रह्यो । तर दिनभरको कारोबारमा यो कम्पनीको ४ हजार ६३ कित्ता सेयर एकाएक प्रतिकित्ता ५०० रुपैयाँमा विन्डोमा देखिएपछि लगानीकर्ता अचम्ममा परे ।  

Bizshala
CG Motors

हालको कारोबारको नियमानुसार कुनै पनि कम्पनीको सेयर एकपटकको कारोबारमा २ प्रतिशत र दिनभरको कारोबारमा १० प्रतिशत भन्दा तलमाथि हुन पाउदैन । तर एकाएक यो कम्पनीको ४ हजार कित्ता बढी सेयर ५ सयमा कारोबार भएपछि आमसर्वसाधरणहरुले यो कम्पनीमा चलखेल भएको हुन सक्ने पनि अड्कलबाजी गर्न भ्याए ।  

तर हामीले अनुसन्धान गर्दा वास्तविकता भने अर्के रहेको पायौं । नेप्सका प्रवक्ता मूराहरी पराजुलीले यो कम्पनीमा चलखेल नभएको बताए । पराजु्‌लीका अनुसार मुद्दा मामिलामा परेर जफत भएको सेयर वा अक्सन बजारमा नबिकेको सेयर टीएमएसको ‘नेगोसियटेड वीन्डो’ मार्फत कारोबार हुने बताए । शिवम् सिमेन्टको हकमा पनि यही भएको पराजुलीले जानकारी दिए । उनका अनुसार यस्तो कारोबारले नियमित कारोबारलाई भने केही प्रभाव पार्दैन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.