मंगलवार, चैत्र ४,२०८१ 10:28:12
IME remit
  • मंगलवार, चैत्र ४,२०८१ 10:28:12
IME remit
Global IME Bank Limited

‘एनसेल नेपाल सुपर लिग’द्वारा खल्ती र आइएमईपेलाई आधिकारिक टिकेटिङ पार्टनर नियुक्त

Hyundai Nepal
‘एनसेल नेपाल सुपर लिग’द्वारा खल्ती र आइएमईपेलाई आधिकारिक टिकेटिङ पार्टनर नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । देशको पहिलो र एकमात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग ‘एनसेल नेपाल सुपरलिग (एनएसएल)’ ले आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती र आइएमईपेलाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा गरेको छ। एनएसएल, खल्ती र आइएमईपेबीचको त्रिपक्षीय सम्झौतामार्फत स्थापित साझेदारीअन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिनेछ ।

मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले टिकट खरिदलाई सजिलो, पहुँचयोग्य र सुविधाजनक बनाएर फ्यान अनुभव बढाउने लक्ष्य राखेको छ। समर्थकहरूले खल्ती र आइएमईपेमार्फत डिजिटल वालेट, मोबाइल बैंकिङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी भौतिक लेनदेन बिना नै खेलका टिकटहरू तुरुन्तै किन्न सक्नेछन्।  

यसको सहकार्यको बारेमा बोल्दै नेपाल सुपर लिग एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, ‘नेपालका सबैभन्दा विश्वसनीय दुई डिजिटल पेमेन्ट प्लेटफर्महरू खल्ती र आइएमईपेसँग हात मिलाउन पाउँदा हामी खुसी छौं। यो साझेदारीले टिकेटिङलाई सरल बनाउने र फ्यानहरूलाई आफ्नो सिट सहजै सुरक्षित गर्न सघाउने छ। हाम्रो लक्ष्य एनएसएलको मज्जालाई सहज, थप अन्तरक्रियात्मक र व्यापक रूपमा पहुँचयोग्य बनाउनु हो।’

Shivam Cement
Bizshala
CG Motors

यस्तै आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘नेपाल सुपरलिगको साझेदारको रूपमा नेपाली फुटबलको विकासलाई समर्थन गर्न पाउँदा आईएमई पे गर्व गर्दछ। हामीले एनएसएल र खल्तीसँग सहकार्य गर्दै खेलकुद क्षेत्रको विकासमा सघाउने र सिमलेस डिजिटल सोलुसन्समार्फत फ्यान एक्सपिरियन्स बढाउने लक्ष्य राखेका छौं।’

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

खल्ती प्रालिका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले थपे, ‘हामी एनपीएल र इन्टरनेसनल वुमेन च्याम्पियनसिपको अभूतपूर्व सफलतापछि आईएमईपे र एनएसएलसँग मिलेर यस अविश्वसनीय यात्रामा साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। आफैं पनि खेलकुद प्रशंसक र फुटबल समर्थक भएका कारण हामी फ्यानहरूलाई अनलाइनमार्फत आफ्नो सिट सुरक्षित गर्न र खेलको भावनामा पूर्णरूपमा डुब्नको लागि झन्झटमुक्त, सहज तरिका प्रदान गर्न पाउँदा रोमाञ्चित छौं। हामी दशरथ रंगशाला र नेपाल भरि गुन्जिने गर्जन र जयजयकार सुन्न उत्साहित छौं ।’

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.