शुक्रबार, असार २६,२०८३ 07:59:03
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 07:59:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२१-दिने देशाटनपछि प्रोटोन e.MAS7 प्रति जगदम्बा मोटर्स उत्साहित, अटोमा नयाँ युगको सुरुवात हुने दाबी

Laxmi Sunrise Bank Limited
२१-दिने देशाटनपछि प्रोटोन e.MAS7 प्रति जगदम्बा मोटर्स उत्साहित, अटोमा नयाँ युगको सुरुवात हुने दाबी

काठमाण्डौ । जगदम्बा मोटर्स प्रा.लि. ले प्रोटोन e.MAS7 को सातवटै प्रदेशहरू पार गर्दै सम्पन्न भएको २१–दिने चुनौतिपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ ।  

यो उपलब्धिले विभिन्न भौगोलिक र मौसमीय परिस्थितिहरूमा गाडीको उत्कृष्ट प्रदर्शन, विश्वसनीयता र कुशलताको प्रमाण दिएको कम्पनीले जनाएको छ ।  

प्रोटोन e.MAS7 अब मार्च २१ मा औपचारिक रूपमा सार्वजनिक उद्घाटनका लागि तयार छ, जसले नेपालको दिगो यातायातको दिशामा नयाँ युगको सुरुवात गर्ने कम्पनीको दाबी छ ।

New Office
CG Motors
Garima Development Bank

 प्रोटोन e.MAS7 ले आफ्नो क्रस–कन्ट्री यात्रा गाडीको अनुकूलता र सहनशीलता वास्तविक परिस्थितिमा परीक्षणका लागि सुरु गरेको थियो। तराईका समथर फाँटदेखि हिमाली भूबनोटका कठोर बाटाहरू हुँदै, यो विद्युतीय सवारी साधनले विभिन्न भूभागहरूमा आफूलाई सफलतापूर्वक प्रमाणित गरेको समेत विज्ञप्तिमा दाबी गरिएको छ ।  

यस यात्राले स्थानीय समुदायलाई गाडीको उन्नत प्रविधि र वातावरणमैत्री विशेषताहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गरेको बताइएको छ ।  

“यो यात्रा प्रोटोन e.MAS7 को क्षमताको प्रमाण हो र नेपाली बजारका लागि यसको तयारी दर्शाउँछ । हामी यो अत्याधुनिक विद्युतीय सवारी साधनलाई नेपालमा ल्याउन पाउँदा अत्यन्त उत्साहित छौं, जसले स्थायी, कुशल र किफायती यातायात समाधान प्रदान गर्नेछ,” जगदम्बा मोटर्स प्रा. लि.का कार्यकारी निर्देशक अखिल गुप्ताले भने । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

औपचारिक सार्वजनिक उद्घाटन कार्यक्रम मार्च २१ मा काठमाडौंमा आयोजना हुने बताइएको छ।

प्रोटोन e.MAS7 को सुरुवातसँगै, जगदम्बा मोटर्स प्रा. लि.ले नेपालको मोटर उद्योगमा क्रान्ति ल्याउने दाबी पेश गरेको छ । यसमा प्रदर्शन र आराममा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ। कम्पनीले नेपालको हरित ऊर्जा लक्ष्यलाई समर्थन गर्दै नवप्रवर्तनात्मक विद्युतीय गतिशीलता समाधानहरूमार्फत कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता पनि जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.