काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरुको संख्या १३ पुगेको छ ।
कम्पनीमा ७० प्रतिशत संस्थापक समूहको र ३० प्रतिशत सर्वसाधारणको सेयर हिस्सा छ । संस्थापकतर्फ १६.२५ प्रतिशत नेपाली संघसंस्थाहरुको र ५३.७५ प्रतिशत नेपाली नागरिकको लगानी छ भने सर्वसाधारणतर्फ २८.७५ प्रतिशत साधारण व्यक्तिको र १.२५ प्रतिशत अन्यको लगानी रहेको छ ।
कम्पनीमा एक प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका १३ सेयरधनीहरुम सबैभन्दा धेरै सेयर हिस्सा सानिमा बैंकको रहेको छ । बैंकको ६.९७ प्रतिशत वा २९ लाख १७ हजार ६०० कित्ता सेयर स्वामित्व छ ।
त्यस्तै, दोस्रो बढी लगानी सिद्धार्थ बैंकको छ । बैंकको ६.३१ प्रतिशत वा २६ लाख ४० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।
तेस्रो बढी लगानी जिवानाथ लामिछानेको ५.६९ प्रतिशत सेयर लगानी रहेको छ । लामिछानेको कुल २३ लाख ८० हजार ९७० कित्ता सेयर स्वामित्व रहेको छ ।
यसका साथै घनश्याम थापाको ३.२३ प्रतिशत अर्थात् १३ लाख ५१ हजार ४७४ कित्ता, अरुण कुमार ओझाको ३.०३ प्रतिशत अर्थात् १२ लाख ६६ हजार ३० कित्ता, बिनय कुमार श्रेष्ठको ३ प्रतिशत अर्थात् १२ लाख ५५ हजार ६१० कित्ता, अग्नि होल्डिङ प्रा।लि।को २.३९ प्रतिशत अर्थात् १० लाख कित्ता, टेक राज निरौलाको २.२२ प्रतिशत अर्थात ९ लाख २७ हजार ३८० कित्ता, शाम्बा लामाको १.७४ प्रतिशत, ७ लाख २९ हजार ४०० कित्ता, खेमराज लामिछानेको १.७२ प्रतिशत अर्थात् ७ लाख १८ हजार ९८० कित्ता, सोनम ग्यात्सोको १.४९ प्रतिशत अर्थात् ६ लाख २५ हजार २०० कित्ता, प्रभा गोयङ्काको १.३९ प्रतिशत अर्थात् ५ लाख ८३ हजार ५३० कित्ता र सविता केडियाको १।१६ प्रतिशत अर्थात् ४ लाख ८६ हजार कित्ता सेयर स्वामित्वमा रहेको छ ।