काठमाण्डौ । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको विद्युतीय गाडी ई–मास ७(e.MAS7) औपचारिक रुपमा नेपालमा लन्च भएको छ ।
प्रोटोनको e.MAS7 यसअघि नै नेपाली बजारमा भित्रिए पनि शुक्रबार मात्रै औपचारिक लन्च भएको हो ।
प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले नेपाली अटो बजारमा यो गाडी ल्याएको हो।
कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा गाडी उपलब्ध गरेको छ। प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले छ।
त्यस्तै, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसको रेन्ज ४१० किलोमिटरसम्म हुने कम्पनीको दाबी छ।

गाडीमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन यसअघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको कम्पनीको दाबी छ। यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले, फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा उपलब्ध छन्।
साथै, १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली जडान गरिएको छ, जसले गाडीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने उल्लेख गरिएको छ।
यस विद्युतीय गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्नेछ।
नेपाली विद्युतीय सवारी साधन बजारमा प्रोटोनको यो मोडेलले उल्लेखनीय प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार प्रोटोन इ(मास ७ को टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउँछ भने यो कसरी नेपाली बजारको लागि ‘गेम चेन्जर’ हुदैछ भनेर देखाउँछ ।

कम्पनीका अनुसार प्रोटोन इ(मास ७ प्राइम भेरियन्टको मूल्य ५६ लाख ९९ हजार र प्रोटोन इ(मास ७ प्रिमियम भेरियन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
गाडी लञ्च कार्यक्रममा जगदम्बा मोटर्स प्रा.लि.का कार्यकारी निर्देशक अखिल गुप्ताले भनेः “हामी नेपालमा प्रोटोन e.MAS7 सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।”


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।