सोमबार, बैशाख ७,२०८३ 12:14:46
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:14:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यी ५ कम्पनीको १४.४६ लाख कित्ता लिलामी सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन

Bizshala
यी ५ कम्पनीको १४.४६ लाख कित्ता लिलामी सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको ५ वटा कम्पनीको संस्थापक सेयरमा बोलपत्र आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  

बैंकले गत चैत ३ गतेदेखि सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता,सीआईटीको ५० हजार कित्ता,निफ्राको १० लाख कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र जीवन विकास लघुवित्त २ लाख ८७ हजार ८४२ कित्ता गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर आजदेखि लिलामीमा राखेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २६९ रुपैयाँ, सीआईटीको ६९६ रुपैयाँ, निफ्राको १०५ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ निर्धारण गरिएको छ ।  

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नु पर्नेछ । सीआईटीको सेयर खरिद गर्दा न्यूनतम १० हजार कित्ता र अन्य कम्पनीहरुको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

CG Motors
Garima Development Bank
IME remit

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको थापाथली ट्रेड टावरस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ। 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.