शुक्रबार, जेष्ठ १,२०८३ 11:58:42
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:58:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रज्ञान सेक्यूरिटिजबाट आजदेखि नयाँ टीएमएस,आगामी साताबाट यी ५ वटा ब्रोकरहरुबाट पनि चल्ने

Laxmi Sunrise Bank Limited
प्रज्ञान सेक्यूरिटिजबाट आजदेखि नयाँ टीएमएस,आगामी साताबाट यी ५ वटा ब्रोकरहरुबाट पनि चल्ने
Shivam Cement

काठमाण्डौ। आजदेखि प्रज्ञान सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १०) बाट नयाँ टीएमएसको लाइभ सुरु भएको छ । डीजी हबले दिएको जानकारी अनुसार यससँगै यो ब्रोकरका नयाँ तथा पुराना सबै ग्राहकहरुले अब नयाँ टीएमएस चलाउन पाउने भएका छन् ।

अन्य थप ५ ब्रोकरहरुबाट पनि अब नयाँ टीएमएस आउने डीजी हबले जानकारी दिएको छ । बाँकी पाँचवटा ब्रोकरहरुमा नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) , कालिका सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४६) , एनआइएमबी स्टक मार्केट (स्टक ब्रोकर नम्बर ७५) , डाइनामिक मनि म्यानेजर (स्टक ब्रोकर नम्बर ४४) , त्रिशक्ति सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४८) बाट आगामी  साताबाट फुल फेजमा नयाँ टीएमएस सूरु हुने डीजी हबले जानकारी दिएको छ ।

झण्डै ४ वर्षपछिको रस्साकस्सीपछि ब्रोकरहरुको आफ्नै नयाँ टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम केही समयअघि मात्रै लञ्च भएको थियो । नयाँ भर्जनको टीएमएस डेक्सटपमा विभिन्न नयाँ फिचर्स रहेका छन् । जसमा मल्टिपल विन्डो खोल्न मिल्ने, बेचेको एक मिनेटमा नै कोल्याट्रल लोड हुने, आफ्नो सेयर र पोर्टफोलियो तुरुन्तै हेर्न मिल्ने तथा प्राविधिक चार्ट पनि हेर्न मिल्ने रहेका छन् । यसमा आफ्नो लिमिट, बेच्न मिल्ने सेयर संख्या जस्ता सहज फिचर पनि समावेश छन् ।  

Bizshala
New Office
CG Motors

यस्तै, कम्पनी फलोअप गर्न निकै सहज रहेको छ । यसमा आफूले किन्न तथा बेच्न चाहेको कम्पनीको भोल्युम तथा कारोबार, आधारभूत तथा प्राविधिक पक्ष सबै हेर्न अन्त जानु पर्दैन ।  

डेक्सटपमा विभिन्न फिचर्सका साथै मोबाइल एपमा पनि कारोबार गर्न निकै सहज रहेको छ । सेक्योर्ड सेक्यूरिटिजका सञ्चालक सन्तोष मैनालीले दिएको जानकारी अनुसार मोबाइल एपमा ग्राहकहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् । उनले भने, ‘डेक्सटप भर्जन प्राविधिक चार्ट नियालेर कारोबार गर्नेलाई सहज रहेको छ । मोबाइल एप भने युवादेखि बुढाबुढी सबैका लागि सहज छ । कुनै पनि व्यक्तिले आफ्नै मोबाइलमा एप डाउनलोड गरेर ११ बजेदेखि ३ बजेको कारोबारको समयमा सहज रुपमा कारोबार गर्न सक्छ । मोबाइल एपमा प्राविधिक चार्ट बाहेक सबै फिचर रहेको छ ।’  

Garima Development Bank
Shivam Cement
IME remit

यसले अब सरकारी कर्मचारी र अन्य बैंकका कर्मचारीहरुलाई पनि सहज हुने ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बताए । ‘किनकी ती ठाँउहरुमा सरकारले डेक्सटप भर्जनमा टीएमएस नचल्ने बनाएको थियो । अब मोबाइल डेटा लिएर आफ्नै मोबाइल एपबाट कुनै पनि ठाँउबाट सेयर कारोबार गर्न कसैले रोक्न सक्ने अबस्था छैन,’ उनले भने ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘केही समय पहिले नेपाल सरकारले सिंहदरबार र अदालत परिसरमा सेयर कारोबारलाई रोक लगाएको थियो । अब भने ती ठाँउबाट सेयर कारोबार रोकिने छैन ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.