बिहीबार, बैशाख ११,२०८२ 11:09:17
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 11:09:17
IME remit
Global IME Bank Limited

स्काईवेलको डिस्ट्रिब्युटरले पोखरामा खोल्यो नयाँ शोरूम

Hyundai Nepal
स्काईवेलको डिस्ट्रिब्युटरले पोखरामा खोल्यो नयाँ शोरूम
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेलले पर्यटन नगरी पोखरामा शोरूम आज औपचारीक उद्घाटन गरेको छ । नेपालमा पाईने विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक बर्ष अगाडी भित्र्याएको थियो ।

चैत १३ गते बुधबारका दिन प्रमुख अथिती, नाडाका पूर्व अध्यक्ष ध्रुब थापाले एक समारोहका बीच रिवन काटेर बिक्री कक्षको उद्घाटन गरे । उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस भु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल, कार्यकारी निर्देशक पारस मणी गेलाल तथा स्काईवेलका पोखरा वितरक इको मोटर्स प्रालिका सञ्चालकअर्जुन गिरीको उपस्थिती रहेको थियो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बजार साख श्रृजना गरिसकेको कम्पनीले जनाएको छ । स्काईवेल चिनियाँ ईलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्थको ब्राण्ड हो । राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो । नेपाली बजारमा भित्रिएको एक बर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरू नेपालमा विक्री गरिसकेको छ ।

नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता जि। मोटर्स प्रालि रहेको स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि। मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ । कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भन्छन्,  ‘पोखराका कार पारखीलाई हामी नयाँ अनुभव दिन सफल हुनेछौं । २०० मिलिमिटरको उच्च ग्राउण्ड क्लियरेन्स र ६२० किलोमिटरको रेन्ज भएकाले पोखराका पर्यटन व्यवसायीले यसबाट ब्यावसायिक लाभ समेत हासिल गर्न सक्नुहुनेछ । युरोप, अष्टेलिया र मिडल ईष्टका पर्यटक नेपाल आउँदा आफूले पहिल्यै आफ्नो देशमा देखिसकेका लग्जरी गाडि पोखरामा देख्न र प्रयोग गर्न पाउँदा पक्कै पनि त्यसले नेपालको पर्यटन क्षेत्रको गुणस्तरका सन्दर्भमा सकारात्मक सन्देश विश्व माझ प्रवाह हुनेछ ।’

Muktinath Bikas Bank Limited

आयोजित समारोहमा बोल्दै जि मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलाल भन्छन्, ‘स्काईवेल साधारण ईभी मात्र होईन यो प्रिमियम एसयुभी ब्राण्डको रूपमा छोटो प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो । यो सवारी चढेर हाम्रा ग्राहकले जती गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो त्यसमा हामी कहिं चुक्ने छैनौ ।’

एक करोड १५ लाख मूल्यसम्म पर्ने स्काईवेलका एसयुभीको शुरूवाती को ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रूपैया मूल्य पर्छ । यसै बर्ष स्काईवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि आउँदैछ ।

स्काईवेलका पोखरा वितरक इको मोटर्स प्रालिका सञ्चालक अर्जुन गिरीले लले पोखराका उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको बताउँदै बिक्री पश्चात ग्राहकसँग नयाँ सम्बन्धको शुरूवात हुने र बिक्री पश्चातको सेवामा अग्रेणी रहने प्रतिबद्धता जाहेर गरे । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.