शनिबार, बैशाख १२,२०८३ 09:22:24
Bizshala
  • शनिबार, बैशाख १२,२०८३ 09:22:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तोडफोड भएको भवनमा सरसफाईपछि कोटेश्वरको भाटभटेनी नियमित सञ्चालनमा

Bizshala
तोडफोड भएको भवनमा सरसफाईपछि कोटेश्वरको भाटभटेनी नियमित सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको छ ।  

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित भाटभटेनीमा प्रवेश गरेर सामग्री लुटपाट गरेको थियो । सो समूह एक्कासी भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको थियो ।

साथै भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुर्‍याएको थियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत(सीओओ) पानु पौडेलले कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको जानकारी गराएका छन् । 

CG Motors
Garima Development Bank
IME remit

'एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्‍याउनेहरुलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेछ भन्ने विश्वास पनि व्यक्त गरेका छौँ ।'-पौडेलले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.