काठमाण्डौ । कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको छ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित भाटभटेनीमा प्रवेश गरेर सामग्री लुटपाट गरेको थियो । सो समूह एक्कासी भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको थियो ।
साथै भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुर्याएको थियो ।

क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत(सीओओ) पानु पौडेलले कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको जानकारी गराएका छन् ।

'एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्याउनेहरुलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेछ भन्ने विश्वास पनि व्यक्त गरेका छौँ ।'-पौडेलले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।