काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ । ७० प्रतिशतसम्म छुटसहितको आश्चर्यजनक फ्ल्याश सेल, रु. १ करोडबराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा सहित, ४.४ सेल अप्रिल ४ (चैत २२) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
उत्सव अवधि भर, ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरू मार्फत ७० प्रतिशतसम्मको छुटमा उत्पादनहरू किन्न पाउनेछन् । सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शन विशेषरुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
४.४ सेल अवधि भर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि रु. ७५० सम्मको छुट सुविधा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी ९ वटा बैंकहरूसँग सहकार्य गरेको छ । किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५ प्रतिशत (रु. ७५० सम्म) छुटपनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले १० प्रतिशत (रु. ५०० सम्म) छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी, ग्राहकहरूका लागि रु. ४४, रु. ४४४, र रु. ४,४४४ को आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले विज्ञप्ति मार्फत जानकारी दिएको छ । साथै, रु. ९९, रु. ३९९, रु. ९९९, र रु. १,९९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न सकिनेछ । ४.४ नव वर्ष उत्सवको अवधि भर, कम्तीमा रु. ५ हजारबराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले रु. २९ हजार ९९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनेछन् । त्यस्त गरी, चारजना भाग्यशाली ग्राहकहरूले रु. १० हजार ३०० बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
४.४ नव वर्ष उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका रु. ५ हजारबराबरका गिफ्ट ह्याम्परहरू तीनजना भाग्यशाली ग्राहकहरूले जित्नेछन् भने, एकजना ग्राहकले रु. १२ हजारबराबरको ग्लेन एयर फ्रायरप्राप्त गर्नेछन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले चैत १७ देखि चैत २१ (मार्च ३० – अप्रिल ३) भित्र रु. १० हजारबराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ । त्यस्तै, रु. १ लाख भन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले रु. १० हजारसम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नेछन् । यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले बताएको छ ।