मंगलवार, मंसिर ९,२०८२ 12:42:46
IME remit
  • मंगलवार, मंसिर ९,२०८२ 12:42:46
IME remit
Global IME Bank Limited

राष्ट्र बैंक र नाफिजको सहकार्यमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Hyundai Nepal
राष्ट्र बैंक र नाफिजको सहकार्यमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ। नेपाल राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को सहकार्यमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दुई दिने प्रशिक्षण कार्यक्रम सोमबार राष्ट्र बैंकका मानव संसाधन व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यकारी निर्देशक घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको बताए । ‘अन्य क्षेत्रभन्दा वित्तीय क्षेत्र बढी संवेदनशील भएकाले नागरिकको विश्वाससँग जोडिएले सही सूचना सम्प्रेषमा जोड दिनुपर्छ’, उनले भने ।

आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा राष्ट्र बैंक प्रतिवद्ध रहेको र यस्ता कार्यक्रमले आर्थिक पत्रकारको क्षमता वृद्धिसँगै सहि सुचना प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

CG Motors
New Office
Garima Development Bank

राष्ट्र बैंकको थापाथली कार्यालयमा चैत १७ गते र चैत १८ गते सञ्चालन सो कार्यक्रममा प्रशिक्षकहरूले ६ वटा फरक÷फरक सत्रमा प्रशिक्षण दिएका थिए । जसमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुणाकर भट्टले माइक्रोइकानोमिक एकाउन्ट, माइक्रोइकानोमिक एकाउन्टको अन्तरसम्बन्ध, नेपालको वित्तीय संरचना तथा स्थिति र माइक्रो इकोनोमीकका प्रमुख सूचकका विषयमा केन्द्रीत रहेर प्रस्तुति दिए ।

यस्तै पहिलो दिनको दोस्रो सत्रमा राष्ट्र बैंकका उपनिर्देशक मणिराज श्रेष्ठले विदेशी विनिमयको कानुनी तथा नियामकीय फ्रेमवर्क, लाइसेन्सीङ प्रणाली, वैदेशिक लगानी र कर्जाका विषयमा प्रस्तुति दिए भने तेस्रो सत्रमा राष्ट्र बैंकका निर्देशक सत्येन्द्रराज सुवेदीले मनिटरी (मौद्रिक) क्षेत्रको तथ्यांक स्रोत, मौद्रिक सूचकहरूको विश्लेषण, मनि डिमान्ड, सप्लाई र क्रेडिट, बैंक डिपोजिट, लिक्विडटी पोजिसन लगायतका विषयमा प्रस्तुति दिए ।

कार्यक्रमको दोस्रो दिन (सोमबार) को पहिलो सत्रमा राष्ट्र बैंकका निर्देशक माधव दंगालले मनिटरी पोलिसी फ्रेमवर्क, नेपालको मनिटरी पोलिसी र मनिटरी म्यानेजमेन्ट, दोस्रो सत्रमा उपनिर्देशक बिरेन्द्रबहादुर बुढाले अर्थतन्त्रको बाह्य क्षेत्र, नेपालको बाह्य अर्थतन्त्रको पर्फमेन्स, बाह्य आर्थिक सूचकको तथ्यांक, व्याख्या, ब्यालेन्स अफ पेमेन्टका विषयमा चर्चा गरेका थिए । यस्तै, तेस्रो तथा अन्तिम सत्रमा भने राष्ट्र बैंकका कामु निर्देशक सुमन न्यौपानेले मुद्रास्फितीका विषयमा आफ्नो प्रस्तुतिकरण दिए ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

कार्यक्रमको समापन सत्रमा बोल्दै नाफीजका निवर्तमान अध्यक्ष मोदनाथ ढकालले राष्ट्र बैंकसँग नाफिजले गरेको प्रशिक्षण कार्यक्रमले पत्रकारहरूको क्षमता विकासमा सहयोग पुगेको बताए । उनले केन्द्रीय बैंकले अग्रसर भएर दिएको प्रशिक्षण कार्यक्रमका लागि उनले धन्यवाद समेत ज्ञापन गरे ।

दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.