शुक्रबार, जेष्ठ १,२०८३ 11:43:15
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:43:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेका सुरक्षा गार्डलाई ५ लाख नगदसहित सम्मान, आन्दोलनमा ज्यान गुमाउनेलाई भोटभटेनीको आर्थिक सहयोग

Laxmi Sunrise Bank Limited
लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेका सुरक्षा गार्डलाई ५ लाख नगदसहित सम्मान, आन्दोलनमा ज्यान गुमाउनेलाई भोटभटेनीको आर्थिक सहयोग
Shivam Cement

काठमाण्डौ। गत शुक्रबार कोटेश्वरमा राजावादी प्रदर्शनका क्रममा लुटपाटमा संलग्नहरुविरुद्ध प्रतिकार गरेर बहादुरी प्रदर्शन गरेका भाटभटेनीका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले नगदसहित सम्मान गरेको छ । भाटभटेनी सुपरमार्केटले आज एक कार्यक्रमको आयोजना गरेर पराजुलीसहित अन्य सुरक्षा गार्डलाई सम्मान गरेको हो ।  

सम्मान कार्यक्रममा भाटभटेनी सुपरमार्केट अध्यक्ष मीन बहादुर गुरुङले लुटपाटमा संलग्नविरुद्ध डटेर सामना गर्ने सुरक्षा गार्डहरुलाई सम्मान गरे । यस क्रममा कृष्णप्रसाद पराजुलीलाई ५ लाख १ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । यसका साथै उनलाई पाँच ग्रेड बढुवा समेत गरिएको छ ।

Bizshala
New Office
CG Motors

यस्तै अन्य ३ जना सुरक्षा गार्डहरु सूर्य गिरी, दीपेश खड्का, र सोमबहादुर भुजेल समेत सम्मानित भएका छन् । उनीहरुलाई २५ हजारका दरले पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा कोटेश्वरस्थित भाटभटेनीका अन्य कमर्चारीहरुलाई समेत सम्मान गरिएको थियो ।  

कर्यव्य पालनका क्रममा लुटपाटमा संलग्न हुनेविरुद्ध खरो उत्रिएका कर्मचारीहरुको मनोबल बढाउन सम्मान गरिएको सुपरमार्केटका सिइओ राजु पौडेलले बताए।  

Garima Development Bank
Shivam Cement
IME remit

उक्त अवसरमा भाटभटेनी सुपर स्टोरका अध्यक्ष गुरुङले राजावादीको आन्दोलनमा ज्यान गुमाए दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

गुरुङले एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सवारी मजदुर सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक राहत दिने घोषणा गरका हुन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.